समाचारमंगलबार, पौष २२, २०७१
८ माघमा संविधान आउँदैनः श्रेष्ठ
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ८ माघमा संविधान जारी हुन्छ भनेर जनतालाई ढाँट्न नमिल्ने बताएका छन् ।
सर्लाहीको लालबन्दीमा पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले प्रक्रियाबाट कुनै पनि हालतमा ८ माघमा संविधान जारी हुने अवस्था नरहेको दाबी गरे ।
उनले भने, “जनतालाई ढाँट्ने बानीका कारण कसैकसैले ७ माघसम्म पनि ८ माघमा नै संविधान आउँछ भनेर भन्लान्, तर ८ माघमा संविधान जारी हुने अवस्था नै छैन ।”
८ माघमा संविधानको मस्यौदा, नभए प्रमुख दलहरुले सहमति गरेर यस्तो किसिमको संविधान आउँछ भन्ने ग्यारेन्टीसहितको लिखित प्रतिबद्धता गर्नुपर्ने नेता श्रेष्ठले बताए ।
