समाचारमंगलबार, पौष २२, २०७१
पूर्वका तीन जिल्लालाई मेची–कोशीबाट छुट्याउन नदिने
पूर्वाञ्चलका सभासदहरुको काठमाडौं बसेको बैठकले झापा, मोरङ र सुनसरीलाई मेची र कोशी अञ्चलबाट छुट्याउन नहुने निर्णय गरेको छ ।
२२ पुसमा भएको सभासदहरुको भेलाले राज्य पुनःसंरचना गर्दा यी जिल्लाहरुलाई छुट्याउन नहुने निर्णय गरेको एमालेका मुख्य सचेतक अग्नी खरेलले बताए । उनका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएकाे भेलामा कांग्रेस, एमाले, राप्रपा र मालेबाट संविधानसभा सदस्य भएका पूर्वका सभासदहरुको सहभागिता थियो ।
कांग्रेस–एमाले–राप्रपाले प्रस्ताव गरेको संघीयतामा यी तीन जिल्लालाई पहाडसँग मिलाइएको छ, भने एमाओवादी र मधेश केन्द्रित दलहरुले पहाडमा मिसिन नदिने बताउँदै आएका छन् ।
