समाचारमंगलबार, पौष २२, २०७१
सुदूरपश्चिम टुक्र्याइए आन्दोलन गर्ने चेतावनी
अखण्ड सुदूरपश्चिम एकता समाज जनआन्दोलन परिचालन समितिले कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिमबाट अलग गरिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
समितिका संयोजक गोपाल देउवाले जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिमलाई टुक्र्याउन षडयन्त्र भइरहेको भन्दै आन्दोलनको चेतावनी दिइएको छ । उनले दोस्रो संविधानसभामार्फत राज्यको पुनःसंरचना गर्दा केही राजनीतिक दलहरुले शर्त र भागबण्डाको राजनीति गरी कैलाली र कञ्चनपुरलाई खण्डित गर्ने दुस्प्रयास गरेको आरोप लगाएका छन् ।
पहिलो संविधानसभामा यी दुई जिल्लालाई अलग गर्ने प्रस्ताव आएपछि एक महीना लामो आन्दोलन भएको थियो ।
संविधानसभामा यी दुई जिल्ला र पूर्वका तीन जिल्ला विवादले संविधान निर्माण प्रकृया अवरुद्द भइरहेकाे छ ।
कपिल भट्ट, काठमाडौं

