समाचारमंगलबार, पौष २२, २०७१
५ जना एसएसपीको डिआइजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएको छ ।
नेपाल प्रहरीको बढुवा समितिको २२ पुसको बैठकले ५ जना एसएसपीहरु क्रमशः रणबहादुर चन्द, हेमन्तबहादुर पाल, गोविन्दप्रसाद निरौला, रोमेन्द्रसिंह देउजा र विजयकुमार भट्टलाई डिआइजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रहरी नियमावली २०७१ को परिच्छेद ४ नियम २७ को उपनियम ४ को प्रयोजनका लागि बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक रमेशशेखर बज्राचार्यद्वारा जारी सूचनामा जनाइएको छ ।
बढुवा समितिको सिफारिस उपर मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्नेछ ।
* सच्चाइएको
