समाचारबुधबार, पौष २३, २०७१

शीर्ष नेताहरुको निर्णायक भनिएको छलफल बालुवाटारमा जारी

हिमालखबर

फाइल तस्वीर: आनन्दराम डंगोल

फाइल तस्वीर: आनन्दराम डंगोल

संविधानका विवादित विषयमा सहमति गर्न प्रमुख दलहरु आज निर्णायक वार्ता गर्ने भन्दै छलफलमा जुटेका छन् ।

२३ पुस बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सबै दलका शीर्ष नेताहरुको सहभागिता छ ।
८ माघ नजिकिंदै गर्दा सत्तारुढ दलहरु थप लचिलो भएर प्रस्तुत भई विपक्षीलाई सहमतिमा ल्याउने भन्दै वार्तामा बसेका हुन् ।

२२ पुसमा बसेको नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले तोकिएकै मितिमा संविधान जारी गर्न संविधानको अन्तरवस्तुमा असन्तुष्ट एमाओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन मध्यमार्गी प्रस्ताव ल्याउने बताएका थिए ।

तर कुन विषयमा लचिलो हुने र मध्यमार्गी प्रस्ताव कस्तो हो भन्ने बारेमा केही खुलाइएको छैन ।

दलहरुबीच आज पनि आवश्यकता अनुसार दुईपक्षीय, त्रिपक्षीय तथा संयुक्त छलफलहरु हुने बताइएको छ ।
यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो अन्यत्र पनि जरुरी कार्यक्रम भएको भन्दै वार्ता स्थलबाट बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>