समाचारबुधबार, पौष २३, २०७१
संविधानको मस्यौदा ल्याउन सके घोषणा बराबरः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले ८ माघमा संविधानको मस्यौदा ल्याउने प्रयत्न भइरहेको बताएका छन् ।
युवा सभासदहरुले २३ पुसमा राखेको अन्तरक्रियामा दाहालले मस्यौदा ल्याउन सके घोषणा बराबर हुने बताएको सभासद यज्ञराज सुनुवारले बताए ।
दाहालले ओलीको कारण सहमति जुट्न नसकेको बताएका थिए । उनले भने, ‘‘सहमतिको प्रयत्न गरिरहेको छु, तर एक जना बरिष्ठ नेताको कारण सहमति जुट्न सकेको छैन ।’’
सभासदहरुले निर्धारित ८ माघमै पूर्ण संविधान जारी गर्नुपर्ने दवाब अभियान अन्तर्गत अन्तरक्रिया राखेका थिए ।
