समाचारबुधबार, पौष २३, २०७१

‘तुलाधरकाे समिति २२ दलीय मोर्चाको घटक’

हिमालखबर

जनजाति महासंघका महासचिव पेम्बा भोटेले पद्मरत्न तुलाधर नेतृत्वमा संविधानसभा भवन  अगाडि भइरहेको जनजाति आन्दोलन २२ दलीय मोर्चाको घटक भएको बताएका छन् ।

तुलाधरले एमाओवादीसहितको मोर्चालाई सघाउन राष्ट्रिय जनजाति आन्दोलन समिति बनाएर बानेश्वरमा आन्दोलन गरिरहेकाले जनजाति महासंघको समर्थन नरहेको भोटेले बताए ।

हिमालखबरसँग भोटेले भने, ‘‘महासंघ सवै जनजातिहरुको साझा संस्था भएकाले कुनै दल विषेशको घटकलाई पूर्ण समर्थन गर्दैन ।’’ उनले महासंघ जनजातिको हितका निम्ति काम गर्ने संस्था भएपनि दल विषेशको आन्दोलनमा नजाने बताए ।

भोटेले भने, ‘‘जनजाति महासंघमा प्रतिनिधित्व गर्ने मात्रै नभई सम्पूर्ण जनजाति पनि विभिन्न राजनीतिक दलमा आवद्ध छन्, कुनै दल विषेशलाई समर्थन गर्दा साझा संस्था रहन सक्दैन ।’’

तुलाधर नेतृत्वको राष्ट्रिय जनजाति आन्दोलन समितिले पहिचानसहितको संघीयताको माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>