समाचारबुधबार, पौष २३, २०७१
पूर्व राजा ज्ञानेन्द्र शाह दमकमा

फाइल तस्वीर रासस: चितवनको सौराहामा १५ पुसमा आयोजित हात्ती फुटबल हेर्दै नाती र बुहारीका साथमा पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाह २३ पुस अपराह्न झापाको दमक आइपुगेका छन् ।
७ पुसमा तराई भ्रमणको क्रममा काठमाडौं छोडेका शाह चितवन र बारामा केही दिन बिताएर दमक– १५ स्थित हिमालय महलक्ष्मी गुडरिक प्रालीको चियाबगानमा रहेको गृष्मकालीन दरबारमा आएका छन् ।
बाराको सिमराबाट मोटरमै दमक आएका उनी केहीदिन दमकमै बस्ने शाहका सम्वादसचिब फणिराज पाठकले जानकारी दिए । दमकमा भने उनका परिवार सदस्य आएका छैनन् ।
करिब सातसय बिगाह क्षेत्रफलमा रहेको गुडरिक प्राली उनको समेत लगानी रहेको चिया कारखाना हो ।
गुडरिक राजा महेन्द्रले २०१८ सालमा आफ्ना भाइ हिमालयको नाममा स्थापना गरेका थिए ।
गोपाल गडतौला, झापा
