समाचारबिहीबार, पौष २४, २०७१
सर्लाहीमा एक व्यक्तिकाे गोली हानी हत्या
सर्लाहीको नारायणपुर गाविसकाे भारतीय सीमा क्षेत्रमा ३८ वर्षीय सञ्जय ठाकुरको गोली हानी हत्या भएको छ ।
गएराति सोही गाविस–१ का ठाकुरकाे भारतीय सीमाक्षेत्रस्थित सुनसान दशगजा क्षेत्रमा ठाकुरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय बासिन्दाले राति गोली चलेको आवाज सुने पनि हत्या भएको बारे बिहान मात्र थाहा पाएका थिए । सुनसान क्षेत्र हुनाले बिहान ढिला गरी त्यस क्षेत्रमा गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले हत्या घटनाबारे अनुसन्धान भइरहेको बताए ।
