समाचारबिहीबार, पौष २४, २०७१

संविधानकाे काम छाडेर अान्दाेलनकाे धम्की नदेउः गगन थापा

हिमालखबर

नेपाली कांग्रेसका नेता गगन थापाले संविधान लेखनको काम छोडेर आन्दोलन गर्ने धम्की नदिन एमाओवादी र मधेशी मोर्चालाई चेतावनी दिएका छन् ।

संविधानसभामा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिकाे प्रतिवेदनमाथि बाेल्दै थापाले यस्ताे चेतावनी दिएका हुन् । बैठकमा एमालेका सभासद् प्रेमबहादुर आलेमगरले एमाओवादी लगायतका विपक्षी दलले संविधान बनाउने कामलाई छाडेर आन्दोलनमा उत्रनु असान्दर्भिक भएको बताए ।

एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले सहमति नभए देश मुठभेडमा जाने बताए ।

गत २९ मंसीरबाट शुरु भएको  प्रतिवेदनमाथि बाेल्ने क्रम २४ पुसमा  सकिएकाे छ । प्रमुख दलबीच सहमतिको प्रयास जारी रहेकाले प्रतिवेदनमाथिको छलफल लम्बिएको हो ।

राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीमाथि सहमति नभएपछि समितिले निष्कर्ष बिना नै प्रतिवेदन पेस गरेको थियो ।

संविधानसभाको अर्काे बैठकमा समितिका सभापति बाबुराम भट्टराईले सभासद्का धारणामाथि जवाफ दिने र पुनः समितिमा निर्णयार्थ पठाउने प्रस्ताव प्रस्तुत हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>