थप समाचारबिहीबार, पौष २४, २०७१
बैंकर रवीनालाई अन्तर्राष्ट्रिय सम्मान
मेगा बैंकका नायब महाप्रबन्धक रवीनादेशराज श्रेष्ठले सिङ्गापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय सम्मान ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्राप्त गरेकी छन् ।
गत कात्तिक महिनामै घोषणा गरिएको उक्त सम्मान सोमबारमात्रै सिंगापुरमा प्रदान गरिएको २३ पुसमा नेपाल फर्किएकी श्रेष्ठले बताइन् । एशियाका मनोनयनमा परेका ६१३ महिलामध्ये श्रेष्ठ २० जनाभित्र छानिएकी हुन् ।
सम्मानका लागि २७ राष्ट्रका सफल महिला, उद्यमी एवम् व्यवसायी प्रतिस्पर्धामा थिए । उक्त सम्मान बैंकिङ क्षेत्रका साथै आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा योगदान पुर्याउने विशिष्ट व्यक्तिलाई छनोट गरी एसई एशिया नामक संस्थाले प्रदान गर्दै आएको छ ।
श्रेष्ठले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रियताका लागि सम्मानले आफूलाई प्रोत्साहन गरेको बताइन् ।
मेगा बैंकका चिफ विजेनस अफिसर श्रेष्ठले यसअघि गत भदौ २१ गते मलेशियाबाट प्रदान गरिने ‘२१औँ शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ प्राप्त गरेकी थिइन् ।
भारतको कोलकातास्थित ‘मदन टेरेसाज होम फर द वल्ड एन्ड चिल्ड्रेन’बाट आफ्नो वृत्तिविकास शुरु गरेकी श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत कामको अनुभव लिएकी छन् ।
