थप समाचारशुक्रबार, पौष २५, २०७१
श्रीलंका: राजपाक्षले हार स्वीकार्दै सरकारी निवास छोडे
लामो समयदेखि श्रीलंकाका राष्ट्रपति रहेका महिन्दा राजापाक्षले २४ पुसमा भएको राष्ट्रपति निर्वाचनमा आफ्नो हार स्वीकारेका छन् । यद्दपी निर्वाचनको अन्तिम परिणाम आउन भने बाँकी नै छ ।
राजापाक्षका प्रेस सचिवले निवर्तमान राष्ट्रपतिले आफ्नो सरकारी आवास खाली गराएको बताएका छन् ।
निर्वाचनमा राजापाक्षका मुख्य प्रतिस्पर्धी उनकै पूर्व सहयोगी मैथ्रिपाला सिरिसेना थिए । सिरिसेना राजापाक्षको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री थिए ।
श्रीलंकामा सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि राजापाक्षको लोकप्रियता एक्कासी बढेको थियो तर पछिल्लो समयमा उनीमाथि नातावातमा फँसेको आरोप लाग्दै आएको छ ।
उनका आफन्त देशका महत्वपूर्ण ओहोदामा छन्, आलोचकहरु राजापाक्षले देशलाई पारिवारिक कारोबार जसरी सञ्चालन गर्न खोजेको आरोप लगाउँछन् ।
सिरिसेनाले यसै विचारको फाइदा उठाउँदै सिंहली जनता र अल्पसंख्यक तमिलहरुको समेत मत प्राप्त गरे ।
बीबीसीबाट
