समाचारशुक्रबार, पौष २५, २०७१
युवा सभासदहरु दबाव अभियानमा
निर्धारित मितिमै संविधान जारी गर्न युवा सभासदहरुले दबाव अभियानलाई तीव्र बनाउने भएका छन् ।
विभिन्न पक्षसँग अन्तरक्रिया गरेर सुझाव संकलन गरिसकेको युवा सभासदहरुले अव संविधानसभा भवन नयाँ बानेश्वरबाटै दबाव आन्दोलन थाल्ने भएका हुन् ।
२५ पुस दिउँसो सभासदहरुले भेला आयोजना गरिएकाे सभासद प्रकाश ज्वालाले बताए । उनले भने, ‘‘संविधान जारी गर्नका लागि ठोस निर्णय गरे आन्दोलनमा जान्छौं ।’’
उनीहरुले संविधान जारी गर्नका लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । संकलित हस्ताक्षर सभाध्यक्षलाई वुझाएर २९ पुसबाट लगातार बैठक राखेर संविधान जारी गर्नुपर्ने दबाव उनीहरुले दिने भएका छन् ।
