समाचारसोमबार, आश्विन २९, २०६९

राष्ट्रपतिले दलहरुलाई फेरि बोलाउने

हिमालखबर

असोज अन्तिमसम्ममा सहमतिमा पुग्ने प्रतिबद्धता जनाएका दलहरुले कुनै निकास दिने अवस्था नरहेको अवस्थामा राष्ट्रपतिले कार्तिकको पहिलो हप्तामा दलहरुलाई शितल निवासमा बोलाएर छलफल गर्ने भएका हुन् ।

शितल निवास स्रोतका अनुसार दलहरुलाई छलफलमा राष्ट्रपतिले सहमतिका लागि दलहरुले यसअघि जनाएको प्रतिवद्धता पूरा नगरेकोमा जानकारी लिनेछन् । छलफल कार्तिकको ३ वा ४ गते गर्ने तयारी भएको र दलहरुको संख्या र समय बारे आजै साँझसम्म तय हुने शितल निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपतिका कानुनी सल्लाहाकार सूर्य ढुङ्गेलले पनि दलहरुलाई छलफलमा बोलाउने तयारी भएको पुष्टि गरेका छन् । ढुङ्गेलले राष्ट्रपतिको चाहाना छिटो निकास होस् भन्ने रहेकाले दलहरुसँग छलफल गर्नुपर्ने आबश्यकता रहेको बताए ।

पछिल्लो पटक सार्वजनिक रुपमै दलहरुलाई सहमति कायम गरी निर्वाचनको मिति र प्रक्रिया तोक्न आग्रह गरेका राष्ट्रपतिले दलहरुलाई अन्तिम चेतावनी दिने बुझिएको छ । राष्ट्रपतिको सार्वजनिक अभिव्यक्तिप्रति प्रधानमन्त्री बाबुराम भट्टराईले भने असन्तुष्टि जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>