थप समाचारशुक्रबार, पौष २५, २०७१

वैदेशिक रोजगारमा गएकी राधिका बेपत्ता

हिमालखबर

१२ वर्षअघि रोजगारीका लागि कुवेत गएकी झापा धरमपुर–३ की राधिका गौतम बेपत्ता छिन् ।

पारिवारिक स्रोतका अनुसार स्थानीय म्यानपावर व्यवसायीमार्फत सन् २००३ मा कुवेत गएकी राधिकाका दुई छोरी १७ वर्षीया विस्मिता र १४ वर्षीया प्रेमिका अहिले पनि आमा आउने आशमा बाटो कुरेर बसेका छन् ।

“दुई छोरीको भविष्यलाई उज्ज्वल बनाउने बाचा गर्दै राधिका कुवेत गएकी थिइन फर्केर आइनन् ।” नातिनी बेपत्ता भएको पीडामा वेदना पोख्दै राधिकाकी हजुरआमा ७६ वर्षीया धनमाया पाण्डे भन्छिन्, “म पनि दिनदिनै बुढ्यौलीले अशक्त हुँदैछु, यी सन्तानको भविष्य के होला कुन्नी ?”

राधिकाको खोजी गर्न परिवारले गैरआवासीय नेपाली सम्पर्क मञ्च कुवेत, कुवेतस्थित नेपाली दूतावास र कुवेतस्थित विभिन्न सङ्घसंस्थासँग लामो समयदेखि पहल गरिरहेको छ तर अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।

कुवेत पुगेको शुरुका दुई वर्षसम्म सम्पर्कमा रहेकी राधिकाको त्यसपछि कुनै खबर नै परिवारले पाएको छैन ।

अन्तिमपटक परिवारसँग कुराकानी हुँदै गर्दा राधिकाले एक्कासि चिच्याएको आवाज सुनिएको पारिवारिक स्रोतले बतायो । त्यसपछि हालसम्म राधिकाको सम्पर्कबिच्छेद छ ।

उनको परिवारले राधिकाको खोजीमा सघाइदिन सबैसँग अपिल गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>