समाचारशुक्रबार, पौष २५, २०७१

बागबजारबाट आधुनिक हतियारसहित दुई पक्राउ

हिमालखबर

सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौँको बागबजारबाट अत्याधुनिक हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

२५ पुसमा बागबजारबा६ पक्राउ पर्नेहरुमा सुनसरीको महेन्द्रनगर–८ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २५ वर्षीय सागर थापा र रौतहटको रङ्गपुर–५ घर भई काठमाडौँ बागबजार बस्ने २८ वर्षीय युवराज तिमल्सिना क्षेत्री छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले इटालियन पेस्तोल एक थान, नाइन एमएम पेस्तोल एक थान तथा सोको एक राउन्ड गोली र एउटा म्याग्जिनसहित पक्राउ गरेको हो ।

बरामद दुवै पेस्तोल अटोमेटिक हुन् । दुईवटामध्ये नाइन एमएम पेस्तोल भने लोड रहेको अवस्थामा पाइएको थियो ।

विशेष सूचनाका आधारमा एपिएफ टोलीले निजहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र म्याग्जिनसहितै आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>