थप समाचारशुक्रबार, पौष २५, २०७१

मोटरसाइकल दुर्घटनामा रेडियोकर्मीको मृत्यु

हिमालखबर

Govinda Devkota

गोविन्द देवकोटा

पाल्पामा भएको सडक दुर्घटनामा रेडियोकर्मीको ज्यान गएको छ । विपरित दिशाबाट आएको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार मदनपोखरा–६ का गोविन्द देवकोटाको मृत्यु भएको होे ।

ट्रकमा ठोक्किएर घाइते भएका देवकोटाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । देवकोटा सञ्चारकर्मी तथा गायक थिए । यसअघि पाल्पाको रेडियो मुक्तिनाथ, गुल्मीको रेशुङ्गा र स्काई एफएममा काम गरेका उनी हाल राजधानीको एफएममा कार्यरत थिए ।

स्याङजाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७८२४ नम्बरको ट्रक र बुटवलबाट स्याङजातर्फ जाँदै गरेको लु १४ प ५४१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार बुटवल– १२ बस्ने ३६ वर्षका विशाल क्षेत्री घाइते भएका छन् ।

घाइते क्षेत्रीको पनि अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटनाग्रस्त ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

देवकोटाका पत्नी र २ बर्षकी छोरी छन् ।
देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>