समाचारसोमबार, आश्विन २९, २०६९

मुसहर बस्तीमा पाहुना लाग्दैमा देश बन्दैनः नेता ज्ञवाली

हिमालखबर

२९ असोजमा प्रेस चौतारी पर्वत शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले प्रधानमन्त्री मुसहर बस्तीमा पाहुना लाग्दैमा देश नबन्ने बताए । उनले भने, “प्रधानमन्त्रीले मुसहर बस्तीमा रात बिताउँदैमा देश बन्ने हो र ! देश डुबी सक्यो ।”

ज्ञवालीले बाबुराम भट्टराई नेतृत्वको सरकारले सवैधानिक रिक्तता कायम गरेर भजनमण्डलीहरुको गठबन्धन बनाएको आरोप लगाए ।

ज्ञवालीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले छिनछिनमा बोली फेरेर दलहरुलाई भुलाउने काम गरेकोले माओवादीको कुनै पनि कुरामा विश्वास गर्ने आधार नरहेको प्रष्ट पारे ।

माओवादीले सङ्घीयाताका नाममा जातीय द्वन्द्व गराएर मुलुककै चिनारी खतरामा परेको र अवैधानिक राज्य खडा गरेको उनले दावी गरे ।

दलहरु नदीको दुई किनारा भएको अहिलेको अवस्थामा सहमतिको विकल्प नरहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>