समाचारशनिबार, पौष २६, २०७१
८ माघमा संविधान नआए पनि केही हुँदैन: भट्टराई
संवाद समितिका सभापति बाबुराम भट्टराईले दलहरुबीच सहमति भएमात्र ८ माघमा संविधान बन्ने भन्दै समयमै संविधान नबने पनि जनताले आफूलाई माफी दिने दाबी गरेका छन् ।
गोरखाको बुटार र चितवनको दारेचोक जोड्ने पुलको २६ पुसमा शिलान्यास गर्ने कार्यक्रममा वोल्दै विवादित विषयमा सहमति जुटाउने अन्तिम जिम्मेवारी पाएका भट्टराईले ठूला दलका शीर्ष नेताहरु जिम्मेवार भएर वार्तामा प्रस्तुत भएकाले केही दिनभित्र सहमति जुट्ने दाबी समेत गरे ।
उनले भने, “सहमति गरेरै अघि बढ्न सकियो भनेमात्रै ८ माघमा संविधान जारी हुन्छ, असहमति भए हुँदैन” । ८ माघमा संविधान जारी गर्नै पर्ने भन्ने नरहेको भन्दै उनले ढिलो भए पनि सहमतिको संविधान ल्याउनुपर्नेमा जोड दिए ।
सङ्घीयताको विषयमा दलहरु सहमतिको नजिक पुगेको भन्दै उनले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा भने असहमति रहेको बताए ।
