समाचारशनिबार, पौष २६, २०७१

फेरि संविधानसभा विघटन हुनसक्छ: भुसाल

हिमालखबर

विद्रोह र आन्दोलनको बाटो नछाडेर एमाओवादी सिद्धिने बाटोतर्फ गइरहेको छ। जोसुकैले जेजस्ता हर्कत गरे पनि अब कांग्रेस–एमालेले खुट्टा टेक्नासाथ संविधान बन्छ। घनश्याम भुसाल, उपमहासचिव, एमाले

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले ८ माघमा संविधान जारी गर्न एमाओवादीको इमान्दारीमा निर्भर रहने बताएका छन् ।

झापाको विर्तामोडमा २६ पुसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले तीनवटा विकल्प अवलम्बन गर्न नसके संविधानसभा फेरि पनि विघटन हुने दाबी गरे ।

उनका तीन विकल्पमध्ये पहिलो– माओवादी र मधेश केन्द्रित दलहरुले इमान्दारी देखाउनु पर्ने, दोस्रो– सत्तारुढ पार्टी र विपक्षीहरु आ–आफ्ना अडानबाट फिर्ता हुने र तेस्रो– दुईतीहाई बहुमतको प्रक्रिया अवलम्बन गर्ने छन् । यी विकल्प नअपनाउने भने संविधानसभा फेरि पनि संविधान जारी नगरेरै विघटन हुने उनको भनाई छ ।

संविधान जारी भएपछि आफ्नो स्थान र भूमिका के हुने भन्ने चिन्ताले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सताएको भुसालले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>