समाचारशनिबार, पौष २६, २०७१
माधव नेपालले सल्लाह दिदा दाहाल रिसाए
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सल्लाह दिदा रिसाएको बताएका छन् ।
केन्द्रिय मुख्यालय बल्खुमा २६ पुसमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले दाहालका लागि सहज हुनेगरी सल्लाह दिदा रिसाएको बताए ।
उनले भने, ‘‘सम्वाद समितिको बैठकमा मैले ४७ सालको संविधान निर्माण गर्दा आफुलाई परेको अप्ठ्यारोबारे प्रशंग निकालेको थिए, दाहाल त रिसाउनुभो ।’’
नेता नेपालले दाहाल अहिले दबावमा रहेको अनुमान काटे । ‘‘एक दिन एउटा कुरा गर्नुहुन्छ, फेरि के भन्नुहुन्छ । मलाई लाग्छ उहाँ दबावमा हुनुहुन्छ’’, उनले भने ।
नेता नेपालले एमाओवादीको सहज अवतरण भनेको असहमतिसहित संविधान स्वीकारेर जाने रहेको बताए ।
