समाचारशनिबार, पौष २६, २०७१

सहमति हुन नदिने अाेली हुन्: शर्मा

हिमालखबर

एमाअाेवादीले नेकपा एमालेका अध्यक्ष केपी अाेलीका कारण सहमति हुन नसकेकाे बताएकाे छ ।

२६ पुसमा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाअाेवादीले प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा छलफल चलिरहेको बेला अाेलीले वातावरण भाँडेकाे बताएकाे छ ।

‘‘संविधान निर्माण नहोस् भन्ने ध्येयका साथ एमालेका अध्यक्ष ओली वातावरण भाड्दै हिँड्नुभएको छ । यसले दलहरुबीच समेत अविश्वासको वातावरण बनाएको छ’’ एमाओवादी प्रवक्ता दीनानाथ शर्माले भने ।

उनले परिवर्तनका मुद्दालाई सम्बोधन गर्न नचाहने प्रवृत्तिका कारण संविधान लेखन प्रक्रिया विवादको भूमरीमा फसेको बताए ।

आफ्नो पार्टीको नेतृत्वमा रहेको ३० दलीय मोर्चा असाध्यै लचिलो भएर संविधानको अन्तरवस्तुमा सहमति जुटाउन लागेको तर्क गर्दै उनले शासकीय स्वरुप र संघीयताका विभिन्न विकल्पका बारेमा छलफल गर्न तयार बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>