समाचारआइतबार, पौष २७, २०७१

सहमति जुटाउने प्रयास जारी

हिमालखबर

छलफलः नयाँ संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयत्न गर्दै सिंहदरवारमा बसेको मधेस केन्द्रित मोर्चासहितका प्रमुख चार दलका शीर्ष नेता । तस्वीरःविक्रम राई

छलफलः नयाँ संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयत्न गर्दै सिंहदरवारमा बसेको मधेस केन्द्रित मोर्चासहितका प्रमुख चार दलका शीर्ष नेता । तस्वीरःविक्रम राई

सभाध्यक्ष सुवास नेम्वाङले सहमतिका लागि दिएको चार दिनको समय सकिनै लाग्दा मधेश केन्द्रित दलका मोर्चासहित प्रमुख चार दलका शीर्ष नेताले छलफललाई तीव्र बनाएका छन् ।

२७ पुस विहान कांग्रेस र एमालेबीच छलफल भएपछि अहिले सिंहदरवारमा चार दलीय छलफल भइरहेको छ । तर, छलफलमा अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

विवादित चार विषय मध्ये संघीयताबाहेकका विषयमा लगभग दलहरुबीच सहमति भइसकेको छ ।

शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति नजिक भएपनि संघीयतामा कुरा मिल्न सकेको छैन ।

सत्तारुढ दलहरुले ७ प्रदेश र विपक्षीले १० प्रदेश हुनुपर्ने अडान छाडेका छैनन । सभाध्यक्ष नेम्वाङले सहमतिका लागि दिएको समय २८ पुसमा सकिदैछ ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले विवादित विषयमा सहमति नजुटे पनि २९ पुसमा संविधानसभाको बैठक बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>