समाचारआइतबार, पौष २७, २०७१

संवाद समितिमा राखेका माग पूरा गराउन एमाओवादीले मेची बन्द गरायो

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चाले मेची अञ्चलभरि यातायात ठप्प पारेको छ ।

मोर्चाले अरुण–सप्तकोसी पूर्व र पश्चिम क्षेत्र बन्द गरेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका नेता खेसेहाम खजुमले जानकारी दिए ।
एमाओवादी मोर्चाले नौबुँदे मागसहित संवाद समितिमा पठाएको प्रस्ताव लागू हुनुपर्ने र सबैको सहमतिमा नयाँ संविधान जारी हुनुपर्ने माग गर्दै उनीहरुले मेची बन्द गराएका हुन् ।

बन्दको कारणले लामो तथा छोटो दूरीका यातायात पनि चल्न सकेका छैनन् । बन्द समर्थकले गए राति बिर्तामोडमा मसाल जुलुस पनि निकालेका थिए ।

सडकमा रिक्सा, ठेला, मोटरसाइकल र एम्बुलेन्स भने चलिरहेका छन् । उद्योगी तथा व्यापारीले बन्दको विरोध गरेर विकल्पको बाटो रोज्न राजनीतिक दललाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरुले भने संविधानसभा निर्वाचनअघिको घोषणापत्रमै अबदेखि बन्दको आह्वान नगर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

बन्दबाट सर्वसाधारणले पाउने सास्ती, मुलुकलाई नै पर्ने आर्थिक घाटा र त्यसबेला हुने हिंसाको सर्वत्र विरोध हुँदै आए पनि केही दल र समूहहरु भने अझै पनि बन्दलाई माग पूरा गराउने विकल्प र शक्ति प्रदर्शनको माध्यम बनाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>