थप समाचारआइतबार, पौष २७, २०७१

माओवादीको बन्दले डोल्पादेखि नेपालगञ्ज हिंड्नु पर्ने वाध्यता

हिमालखबर

dolpa_nepalgunjमोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले मध्यपश्चिम बन्द गराएपछि डोल्पाबाट काठमाडौँ, नेपालगन्जलगायतका स्थानका लागि हिँडेका एक सयभन्दा बढी व्यक्ति बाटैमा अलपत्र परेका छन् ।

बन्दका कारण नेपालगन्जका लागि कुनै पनि सवारी साधन नपाएपछि सल्यानको सल्लीबजारमा उनीहरु अलपत्र परेका हुन् ।

बन्दले गर्दा समयमै सम्बन्धित ठाउँसम्म पुग्न नपाएको र होटलमा महँगो रकम तिरेर बस्दा खर्चजति सबै सकिएको माझपाल–६ का हरिनन्द कार्कीले बताए ।

उनले जुनसुकै पार्टी तथा कार्यकर्ताले बन्द गरे पनि सर्वसाधारण मर्कामा पर्ने भएकाले छिटोभन्दा छिटो बाटो खुलाउनसमेत सम्बन्धितसँग आग्रह गरे।

डोल्पाको एकमात्र जुफाल विमानस्थलमा १५ दिनसम्म कुरेर पनि हवाई जहाज नपाएपछि बाध्य भएर पैदल यात्रा गर्नुपरेको सर्वसाधारणले बताएका छन् भने कतिपय सर्वसाधारण सल्लीबजारदेखि नेपालगन्जसम्मको पैदल यात्रा तय गर्न लागेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>