समाचारआइतबार, पौष २७, २०७१
‘सभाध्यक्षले तटस्थ बस्न मिल्दैन’
नेपाल बार एससोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराईले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रकृयामा तटस्थ बस्न नमिल्ने बताएका छन् ।
२७ पुसमा झापामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सभाध्यक्षले अन्तरवस्तुमा तटस्थ बसेपनि प्रकृया अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘‘संविधानका अन्तरवस्तुमा तटस्थ रहनैपर्छ, तर प्रकृयामा तटस्थ बस्न पाउनुहुन्न ।’’
भट्टराईले नेम्बाङले संबिधानको प्रस्ताब मस्यौदा आफै ल्याउन देखाएको इच्छा दलहरुलाई तिनको जिम्मेवारी सम्झाउने हिसाबले आएको बताए ।
गोपाल गडतौला, झापा
