समाचारआइतबार, पौष २७, २०७१
शीर्ष नेताहरुबीचकाे वार्ताले आशा जगायाे: सभापति भट्टराई
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले नयाँ संविधानका विवादित विषय सुल्झाउन भएका प्रयासबारे जानकारी गराएका छन् ।
२७ पुसमा बसेकाे समितिकाे बैठकले प्रतावित नयाँ संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई सकारात्मक रुपमा लैजाने क्रममा शीर्ष नेताहरुबीच हालसम्म भएका वार्ताले सहमतिकाे अाशा जगाएकाे बताए ।
बैठकपछि भट्टराईले हालसम्म भएको औपचारिक/अनौपचारिक वार्ताको विघटन र प्रगतिबारे बैठकलाई जानकारी गराएको बताए । उनका अनुसारहाँका अनुसार समितिको अर्को बैठक २८ पुस दिउँसाे ३ बजे बस्ने छ । स्राेतका अनुसार दलहरुबीच विवादित विषयमा लगभग सहमति जुटिसकेकाे छ । रासस
