समाचारआइतबार, पौष २७, २०७१
ओलीसँगै बस्छन् गच्छेदार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माफी नमागेसम्म ओली सहभागी कुनै बैठकमा सहभागी नहुने निर्णय गरेको मधेश केन्द्रित दलहरुको मोर्चाका संयोजक विजयकुमार गच्छेदार लगातार बैठकमा सहभागी छन् ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बोलाएको बैठकमा सहभागी गच्छेदार ओलीसँगै बसे ।
मधेश केन्द्रित दलहरु मध्ये ठुलो दल मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदार यसरी सहभागी भएकोमा संयुक्त मधेसी मोर्चाका अन्य दलले विरोध जनाएपछि उनले बाबुरामले बोलाएपछि बैठकमा गएको प्रतिक्रिया दिए ।
तर, यसअघिका बैठकहरुमा एमाओवादी नेताहरुको लाइनमा बस्दै आएका गच्छेदार लगातार ओलीसँगै बसिरहेका छन् । २७ पुसमा बसेको सम्वाद समितिको बैठकमा पनि गच्छेदार ओलीसँगै बसेका थिए ।
यो मोर्चाले ओलीले आफ्नो अपमान गरेको भन्दै आपत्ती जनाउँदै माफीको अडान लिदै आएको छ भने ओलीले माफी नमाग्ने बताएका छन् ।


