समाचारआइतबार, पौष २७, २०७१
सहमति नभए भीड्ने मोर्चाको तयारी
एमाओवादीसहितको ३० दलीय मोर्चाले कांग्रेस–एमालेसँग सहमति नभए भीड्ने तयारी गरेको छ ।
२७ पुसमा बसेको मोर्चाको बैठकले दुई तिहाईबाट संविधान जारी गर्ने तयारीमा कांग्रेस एमालेलगायत दल लागेकाले भीड्ने तयारी गर्ने निर्णय गरेको हो ।
मोर्चामा सहभागी एक नेताले भने, ‘‘कांग्रेस र एमाले सहमति गर्ने पक्षमा छैन भन्ने निष्कर्ष निकाल्यौं, यसै अनुसार भीड्ने तयारी गर्ने निर्णय भएको छ ।’’
मोर्चाले कांग्रेस र एमालेसँग भीड्न नयाँ मोर्चा पनि गठन गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहनेगरी वैदेशिक कुटनीतिक परामर्सका लागि मोर्चा बनेको छ ।
२९ पुसबाट सहमति छोडेर प्रकृया शुरु गरिए बल प्रयोग गरेर भीड्ने तयारी गरिएको छ । जसअनुसार संविधानसभाभित्र सभासदहरुको मोर्चा र सडक आन्दोलनको मोर्चा क्रियाशील बनाउने निर्णय भएको छ । यसरी माेर्चाले कुनै हालतमा प्रकृयाबाट संविधान अाउन नदिने तयारी गरेकाे छ ।
यसबीच, कांग्रेस र एमालेसँग बार्ता पनि जारी राख्ने निर्णय गरिएको बताइएको छ । जसअनुसार २७ पुस विहान बसेको बैठकमा विवादित विषयमा लगभग सहमति कायम भइसकेको छ । तर, तराईका ५ जिल्लामा कुरो मिल्न सकेको छैन ।
मोर्चाले यसअघि नै प्रकृया शुरु हुनासाथ आम हड्तालसहित देश ठप्प पार्ने निर्णय गरिसकेको छ ।
