समाचारसोमबार, पौष २८, २०७१

बन्दका कारण तराईको जनजीवन प्रभावित

हिमालखबर

विपक्षी तीस दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण तराईको जनजीवन प्रभावित भएको छ । बन्दका कारण २८ पुस बिहानैदेखि तराई क्षेत्रमा सर्वसाधारणले सास्ती झेलिरहेका छन् ।

बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् । शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प छन् ।

बन्दका कारण करोडौंको घाटा लागेको वीरगन्जका उद्योगी अशोक वैद्यले बताए । बन्द भएको थाहा नपाएका पर्यटक सीमा क्षेत्रमा बिचल्लीमा परेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>