थप समाचारसोमबार, पौष २८, २०७१

बन्दविरुद्ध डडेल्धुरामा सर्वसाधारणको प्रतिकार

हिमालखबर

छत्र साउद, डडेल्धुरा

बन्दको प्रतिकारमा उत्रिएका डडेल्धुरका स्थानीयबासिन्दा । तस्वीरः छत्र साउद

बन्दको प्रतिकारमा उत्रिएका डडेल्धुरका स्थानीयबासिन्दा । तस्वीरः छत्र साउद

एमाओवादीसहितका तीस दलीय मोर्चाले आह्वान गरेको बन्दविरुद्ध डडेल्धुरामा सर्वसाधारणले प्रतिकार गरेका छन् । सर्वसाधारणको प्रतिकारपछि डडेल्धुरा सदरमुकाममा बन्द खुलेको छ ।

डडेल्धुराको मुख्य बजार बागबजारसहित तुफानडाँडा, खलंगा, किर्तिपुरमा स्थानीयबासिन्दा र व्यापारीले प्रतिकार गरेका थिए । मोर्चासम्बद्ध नेता–कार्यकर्ताले जबर्जस्ती बजार बन्द गराउन खोजेपछि स्थानीयबासिन्दा र व्यापारीले नारा जुलुससहित प्रतिकार गरेका हुन् ।

प्रतिकारपछि बन्दकर्ताहरु भागेका छन् । स्थानीय प्रतिकारपछि तनाब हुने आशंकामा स्थानीय प्रशासनले सदरमुकाममा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

सर्वसाधारणले ‘बन्द गर्न पाइँदैन, व्यवसाय गरेर बाँच्न देउ’ भन्ने नारा लगाएका थिए । बजार बन्द खुले पनि लामो दुरीका यातायात भने अझै चलेका छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>