समाचारसोमबार, पौष २८, २०७१
जनकपुरमा बन्दकर्ताको लडेर मृत्यु
जनकपुरमा बन्द आह्वान गर्दै हिडेका एक बन्दकर्ताको खाल्डोमा लडेर मृत्यु भएको छ । एमाओवादीसहितका तीस दलीय मोर्चाले आह्वान गरेको बन्दको क्रममा २८ पुसमा बजार बन्द गर्दै हिडेका एक जनाको लडेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुर–४ का अन्दाजी २५ वर्षीय राजाराम झा रहेको प्रहरीले जनाएको छ । जनकपुरका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार मोटरसाइकलमा बन्द गर्दै हिडेका उनी खाल्डोमा लडेर अचेत भएका थिए ।
उनलाई प्रहरीले नै उद्दार गरेर जनकपुरस्थित अञ्चल अस्पतालामा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।
ईश्वरचन्द्र झा, जनकपुर
