समाचारसोमबार, पौष २८, २०७१
सम्वाद समिति असफल
संविधानसभाले सहमति जुटाउन संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई दिएको चार दिनको समयमा पनि दलहरुले सहमति जुटाउन सकेनन् ।
२८ पुसमा निर्णायक भनेर बसेको सम्वाद समितिको बैठकमा पनि शीर्ष नेताहरुले सहमति जुटाउन सकेन ।
नयाँ संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि समितिका सभापति बाबुराम भट्टराईले सहमति हुन सकेन भनेर प्रतिवेदन पठाउने निर्णय भएको छ । सहमति नजुटेपछि भट्टराईले २९ पुस विहान ११ बजे बस्ने संविधानसभा बैठकमा प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
२४ पुसमा संविधानसभाले सम्वाद समितिलाई सहमति जुटाउन चार दिनको समय दिएको थियो । दलहरुबीच शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीयता र न्याय प्रणालीमा सहमति जुट्न बाँकी छ ।
