समाचारमंगलबार, पौष २९, २०७१

दुई माओवादीको बन्दले जनजीवन प्रभावित

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चाले गरेको मध्यमाञ्चल बन्दका कारण काठमाडौं उपत्यकासहित मुलुकका ३३ जिल्लाको जनजीवन प्रभावित भएको छ।

मोर्चाले २९ पुसमा काठमाडौं उपत्यकासहित १० र तराईका २० जिल्लामा बन्द आह्वान गरेको छ।

त्यसैगरी मोहन वैद्य नेतृत्वको नेकपा(माओवादीले पनि मध्यमाञ्चल बन्दको घोषणा गरेको छ।

मोर्चामा आबद्ध एमाओवादी सहितका विभिन्न दलका कार्यकर्ता बिहानैदेखि काठमाडौंमा सडकमा उत्रेका छन्।

बन्दकर्ताले कोटेश्वरबाट ग्वार्को जाँदै गरेको ट्याक्सीमा ढुंगा प्रहार गर्दा एकजना घाइते भएका छन् ।

बन्द सफल बनाउन हिँडेका आफ्ना सात कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको अखिल क्रान्तिकारीले जनाएको छ।

क्रान्तिकारीका केन्द्रीय सदस्य बद्रि चुडालका अनुसार काठमाडौंको त्रिचन्द्र कलेज आसपासबाट सातजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

सहमतिमा संविधान निर्माणका लागि दबाब दिन भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, रामेछाप, सिन्धुलीलगायतका जिल्लाहरुमा मोर्चाले बन्द आह्वान गरेको हो।

मोर्चाले २८ पुसमा आह्वान गरेको मधेश बन्दका क्रममा प्रहरीले ज्यादती गरेको भन्दै कञ्चनपुरदेखि झापासम्मका मधेशका २० जिल्लामा पनि बन्द घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>