समाचारमंगलबार, पौष २९, २०७१
एमाओवादीद्वारा सभासद्लाई संविधानसभामा उपस्थित नहुन निर्देशन
एमाओवादीले आज (२९ पुस) को संविधानसभा बैठकमा उपस्थित नहुन आफ्ना सभासदलाई निर्देशन दिएको छ।
संवैधानिक(राजनीतिक संवाद तथा सहमति समितिले पाँचौपटक पाएको म्यादभित्र पनि विवादित विषय टुंगो लगाउन नसकेपछि २९ पुसमा प्रतिवेदन संविधानसभामा बुझाउने कार्यक्रम छ। तर, समितिका सभापति बाबुराम भट्टराईको पार्टी एमाओवादीले आफ्ना सभासद्लाई बैठकमा उपस्थित नहुन निर्देशन दिएपछि बैठक हुने–नहुने अन्योल बढेको छ।
यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पनि संविधानसभा बैठक स्थगित गर्न आग्रह गरेका छन्।
