समाचारमंगलबार, पौष २९, २०७१
बन्दकर्ताले साझा बस रोके
काठमाडौंमा सञ्चालित सार्वजनिक यातायात ‘साझा’ को बसलाई आन्दोलनकारीले पुलचोकलगायतका विभिन्न ठाउँमा रोकेका छन् ।
सर्वसाधारण र अप्ठेरोमा परेकाहरुलाई यातायात सुविधा दिनका लागि भन्दै बन्द आह्वान गरिएको दिनमा सञ्चालनमा रहेको साझा यातायातको महाराजगञ्ज–लगनखेल रुटमा चलेका बसलाई बन्दकर्ताले विभिन्न ठाउँमा रोकेका हुन् । साझाको एउटा बसमा बन्दकर्ताले ढुंगासमेत प्रहार गरेका छन् ।
विहानैदेखि अन्य सवारी साधन नचलेका बेला साझा भने सञ्चालनमा छ ।
