समाचारमंगलबार, पौष २९, २०७१

संविधानसभा बैठकमा विपक्षी दल अनुपस्थित, सभासदहरु बन्द गराउँदै सडकमा

हिमालखबर

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा सहमति नजुटेपछि बोलाइएको संविधानसभामा विपक्षी दलका सभासदहरु गएनन् ।

३० दलीय मोर्चामा आवद्ध संविधानसभामा प्रतिनीधित्व गर्ने १९ दलका सभासदहरु संविधानसभा बैठकमा नगएका हुन् । एमाअाेवादीका प्रमख सचेतक गिरिराजमणी पाेखरेलले माेर्चाकाे २८ पुसकाे बैठकले नै संविधानसभा बैठकमा नजाने निर्णय गरेकाे बताए ।

माेर्चाले २९ पुसमा बन्द अायाेजना गरेपछि एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त मधेशी माेर्चाका संयाेजक विजय गच्छेदारले सभाध्यक्ष सुवास नेम्वाङलाई बैठकमा नअाउने बताउँदै पूर्व निर्धारित बैठक स्थगित गर्न अाग्रह गरेका थिए ।

सहमति जुट्न नसकेपनि अाज बैठक बस्ने भनेर २४ पुसमा नै संविधानसभाले निर्णय गरेकाे थियाे ।

संविधानसभा भवन अगाडि बन्द आह्वान गर्दै हिडेकी एमाओवादी सभासद आशा कोइरालाले भनिन्, ‘‘बन्दको आयोजक भएकाले संविधानसभा बैठकमा नगएका हौं, सभाध्यक्षलाई जानकारी भइसकेको छ ।’’ उनले मोर्चामा आवद्ध कोही पनि सभासद संविधानसभा बैठकमा नगएको बताइन् ।

कांग्रेस एमालेलगायत दलका सभासदहरु संविधानसभा पुगिसकेका छन् । विपक्षी दलका नेता बाबुराम भट्टराई अनुपस्थित भएपछि संवाद समितिको प्रतिवेदन सूर्यबहादुर थापाले पेश गर्ने गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>