समाचारमंगलबार, पौष २९, २०७१

बन्दविरुद्ध उत्रिए सर्वसाधारण

हिमालखबर

ram_subhak

तस्वीर: रामशुभक महतो

एमाओवादीसहितको तीस दलीय मोर्चा र नेकपा–माओवादीले आह्वान गरेको बन्दविरुद्ध सर्वसाधारण सडकमा उत्रिएका छन् । राजधानीको माइतीघर, नयाँ बानेश्वर लगायतका ठाउँमा सर्वसाधारणले बन्दको प्रतिकार गरेका हुन् ।

स्वतस्फर्त रुपमा सडकमा उत्रिएका सर्वसाधारणले बन्द बिरोधी प्लेकार्ड बोकेका छन् । ‘नेपाल खुल्ला छ’, ‘देशको माया लाग्छ भने, भनेर होइन गरेर देखाउ’, ‘बन्द हडताल चक्काजाम, हामी नेपालीलाई छैन काम’ लगायतका प्लेकार्ड लिएर सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

बन्दका कारण राजधानी लगायत विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>