थप समाचारमंगलबार, पौष २९, २०७१

राष्ट्र सङ्घका उपमहासचिव फेल्ट्म्यान राजधानीमा

हिमालखबर

feltman-e1384909270479संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

२९ पुसमा काठमाडौं आइपुगेका फेल्ट्म्यानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र सङ्घ महाशाखाका प्रमुख एवम् सहसचिव ताराप्रसाद पोखरेल र नेपालस्थित राष्ट्रसङ्घीय आवासीय समन्वयकर्ता जिमी म्याक्गोल्ड्रिकले स्वागत गरेका थिए ।

आजै उनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानसेनापति गौरवशमशेर जबरासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>