थप समाचारमंगलबार, पौष २९, २०७१

दोलखामा १ बजेदेखि बन्द खुल्यो

हिमालखबर

dolakhaतीस दलीय मोर्चाले आह्वान गरेको बन्दको प्रभाव नपरेपछि दोलखामा बन्द औपचारिक रुपमै खुलेको छ ।

बन्दकर्ताले बिहानैबाट सदरमुकाम चरिकोटको चोकमा जम्मा भएर बजार बन्द गरे पनि सर्वसाधारणले बेवास्ता गरेपछि दिउँसो १ बजे मा बन्द खुलेको हो ।

जिल्लाभर बन्दको प्रभाव सामान्य परेको छ । थोरै मात्रामा कार्यकर्ता जम्मा भएको बन्दको कार्यक्रममा केही पसलमात्र बन्द थिए भने पातलै भए पनि यातायातका साधन सञ्चालनमा थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय दोलखाले यातायात सञ्चालनका लागि अगुवाइसमेत गरेको थियो । बन्द १ बजेदेखि खुलेको आन्दोलन समितिका संयोजक गङ्गा कार्की विश्वले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>