थप समाचारमंगलबार, पौष २९, २०७१
बम, गोली भेला पारेर युद्ध लड्न तयार छौंः सापकोटा
एमाओवादी नेता अग्निप्रसाद सापकोटाले आफूहरु बम, बारुद, गोली भेला पारेर अझै युद्ध लड्न तयार रहेको बताएका छन् । रिपोर्टर्स क्लबले २९ पुसमा गरेको कार्यक्रममा सापकोटाले आफूहरु अझै ५० वर्ष युद्ध लड्न तयार रहेको बताएका हुन् ।
“कांग्रेस–एमालेको प्रस्ताव अघि आत्मसमर्पण गर्दैनौं,” उनले भने । कांग्रेस–एमालेको प्रस्ताव अभिजात वर्गको हितमा रहेको सापकोटाको भनाई छ ।
“कांग्रेस–एमालेको प्रस्तावविरुद्ध संविधानसभाभित्रै मर्न समेत तयार छौं, अब संविधानसभा भित्र र बाहिर दुवै मोर्चामा वारपारको लडाइ हुन्छ,” उनले चेतावनी दिए । भने, “हामी झुक्दैनौं, आत्मसमर्पण गर्दैनौं, बलिदान दिन तयार छौं, तर पहिचानबिरोधी संविधान मान्दैनौं ।”
