समाचारमंगलबार, पौष २९, २०७१

सञ्चारकर्मीमाथि आक्रमण, भारतीय गाडीमा तोडफोड

हिमालखबर

आन्दोलनमा उत्रिएका ३० दलीय मोर्चाले भक्तपुरमा सञ्चारकर्मीमाथि आक्रमण गरेका छन् ।

निकै अराजक र उत्तेजित शैलीमा उत्रिएका आन्दोलनकर्ताले रफत सञ्चार क्लबका अध्यक्ष एवम् सगरमाथा टेलिभिजनमा कार्यरत सुशीलबन्धु थापामाथि आक्रमण गरेका हुन् ।

बा ३४ प ९३९३ नम्बरको मोटरसाइकलमा सवार रहेका थापालाई बन्दकर्ताले मोटरसाइकल पल्टाएर लछारपछार गर्दै आक्रमण गरेका थिए ।

त्यसपछि बन्दमा उत्रिएका स्थानीय राजनीतिक दलका प्रतिनिधिले पत्रकारलाई आक्रमण नगरौँ भन्दै रोकेका थिए । आक्रमणमा परेका थापाको अवस्था सामान्य रहेको छ ।

पत्रकार थापामाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ भक्तपुरले विरोध गरेको छ ।

यता, मोर्चाका कार्यकर्ताहरुले महोत्तरीको जलेश्वरमा मङ्गलबार एक भारतीय गाडीमा तोडफोड गरेका छन् ।

जलेश्वर नगर बन्द गराउँदै हिँडेका कार्यकर्ताले जलेश्वरको मटिहानी चोकमा रोकिराखेको बिआर ०६ एई ३२३२ नम्बरको भारतीय स्कोरपियोमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जलेश्वर नगरको परिक्रमा गर्दै नारा जुलुसका साथ बन्द गराउँदै आएका बन्दकर्ताले सो गाडीमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>