समाचारमंगलबार, पौष २९, २०७१
जसरी पनि संविधान ल्याउन नदिनेः थापा
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले ८ माघमा संविधान जारी गरिए भोलिपल्टै देशभर जलाउने चेतावनी दिएका छन् ।
पाल्पामा आयोजित पत्रकार सम्मेलनमा थापाले जनताको भावना विपरित सेना परिचालन गरेर ल्याइने संविधान जलाउनुको विकल्प नरहेको बताए ।
उनले भने, ‘‘स्वदेशी तथा विदेशी प्रतिकृयावादीहरुले माओवादीलाई फुटाउ र राज गर भन्ने अभियान अव सफल हुन सक्दैन ।’’ थापाले माओवादीहरु अव एकीकरण अभियानमा लागेको बताए ।
देव पचभैया, पाल्पा
