समाचारबुधबार, पौष ३०, २०७१
कांग्रेस–एमालेकाे बैठक बालुवाटारमा सुरु
मुख सत्तारुढ दल नेपाली नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।
एमाअाेवादीको नेतृत्वमा सुरु भएको आन्दोलन र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयवस्तुसहितको प्रतिवेदन पेस गरेको सन्दर्भमा बैठक डाकिएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी छन् ।
