समाचारबुधबार, पौष ३०, २०७१
कांग्रेस-एमाले प्रकृयाबाट अघि बढ्ने, नियमावलीमा छलफल
नेपाली कांग्रेस र नेकपा एमालेले प्रकृयाबाट अघि बढ्ने निर्णय गरेको छ ।
३० पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दलको बैठकले प्रकृया अघि बढाउने निर्णय गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्वीटमार्फत निर्णय सार्वजनिक गरेका छन् ।
उनले दुई दलबीच प्रकृयाका लागि नियमावलीमा छलफल भएको उल्लेख गरेका छन् । विपक्षी दलको अनुपस्थितिमै २९ पुसमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदन प्रस्तुत भएपछि आज बसेको बैठकले प्रकृयाबाट अघि बढ्न नियमावलीमा छलफल गरेको छ ।
दुई दलबीच प्रकृयासँगै सहमतिका लागि छलफललाई पनि अघि बढाउने निर्णय भएको छ । ३१ चैत २०७० मा पारित कार्यतालिका अनुसार संविधान निर्माणकाे समयसीमा आगामी ८ माघमा सकिदैछ ।
