समाचारबुधबार, पौष ३०, २०७१

सम्झौता लत्याउँदै अघि बढे कांग्रेस–एमालेः दाहाल

हिमालखबर

तस्वीर: ईश्वरचन्द्र झा

तस्वीर: ईश्वरचन्द्र झा

एमाओवादीका अध्यक्ष पुष्पकमल दहालले मधेश आन्दोलन र बृहत शान्ति सम्झौताको परिधिभित्र रहेर संबिधान जारी हुनुपर्ने बताएका छन् ।

उनले पहिचान र संघीयतासहितको गणतन्त्रात्मक संबिधान जारी नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

जनकपुरको भ्रमरपुरा चोकमा २८ पुस बिहान मृत्यु भएका राजाराम झालाई श्रद्धाञ्जली सदभावना अध्यक्ष राजेन्द्र महतोसँगै जनकपुर आएका दाहालले अञ्चल अस्पतालमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै गिरिजाप्रसाद कोईरालासित गरिएको सम्झौता लत्याएर कांग्रेस र एमालेले पछाडी फर्किन खोजेको आरोप लगाए ।

त्यसै अवसरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र एमालेले गणितको अहंकारले आन्दोलनबाट स्थापित उपलब्धिहरु उल्टाउन खोजेको आरोप लगाए ।

उनले एमाले अध्यक्ष केपी ओलीको बोलीको कुनै तुक नहुने भन्दै मधेशको सबै भूभाग मधेश प्रान्तमै रहने दाबी गरे ।
अपरान्ह पौने दुई बजे हेलिकप्टरबाट आएका दहाल आजै सिरहाको गोलबजार हुँदै काठमाडौं पुग्ने कार्यक्रम छ ।

श्रद्धाञ्जली दिए पनि नेताद्वयले अत्यन्तै विपन्न अवस्थामा रहेको झाका परिवारलाई सहयोग गर्ने बारे केही बोलेनन् ।

झाको अन्तिम संस्कार जनकपुरस्थित स्वर्गद्वारमा गरिएको छ । उनकी श्रीमति, १० वर्षीय छोरा र ७ वर्षीया छोरी छन् ।

२८ पुसमा मधेस बन्द गराउँदै हिंडेका नेता कार्यकर्ता सँगै रहेका झा जनकपुरको भ्रमरपुरा चौकमा एक्कासी ढलेका थिए । उनलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको थियो ।

उनी सँगै रहेका नेता कार्यकर्ताले प्रहरीको कुटपीटबाट झाको मृत्यु भएको बताउँदै आएका छन् भने प्रहरीले झाको मृत्यु संयोग मात्रै रहेको बताउँदै आएको छ ।

दुबै पक्षबीचको रस्साकस्सीले उग्र रुप लिएपछि दुईदिनसम्म जनकपुरको स्थिति तनावग्रस्त बनेको थियो ।

स्थानीय प्रशासनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने, झाकी श्रीमतिलाई नोकरी दिलाउन प्रयास गर्ने, शहीद घोषणाका लागि सिफारिस गर्ने लगायतको प्रतिबद्धता जनाएपछि परिवारले ३० मंसीर साँझ पोष्टमार्टम गरिएको झाको शव बुझेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>