समाचारबुधबार, पौष ३०, २०७१

राष्ट्रपतिले भने, “नेताहरु अग्रसर नहुँदा चिन्तित छु”

हिमालखबर

राष्ट्रपति रामवरण यादवसँग संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा संविधान निर्माणमा सहमतिका लागि भइरहेको प्रयास र संविधान लेखनको प्रगतिबारे छलफल भएको थियो ।

भेटमा राष्ट्रपति यादवले संविधान निर्माणमा दलबीच भएको वार्ता, छलफल र सहमति लगायतको स्थितिका बारेमा चासो राख्दै भने, “सहमतिका लागि नेताहरु अग्रसर नहुँदा चिन्तित छु ।”

सभाध्यक्ष नेम्वाङले दलहरुबीच संविधानका अन्तरवस्तु र सिद्धान्तमा सहमति भएको खण्डमा अझै पनि ८ माघमा नयाँ संविधान जारी गर्न सम्भव रहेको राष्ट्रपतिलाई जानकारी गराए ।

उनले संविधान जारी गर्न तोकिएको समय अत्यन्तै नजिक आइसकेको अवस्थामा दलहरुबीच आवश्यक वार्ता, संवाद र छलफल नभइरहेको परिस्थितिबारे अवगत गराउँदै छलफललाई निरन्तरता दिँदै सहमति खोज्ने प्रयासमा जुट्न आफूले नेताहरुलाई घच्घच्याइरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>