समाचारबिहीबार, माघ १, २०७१

सेनाको स्कुल बस दुर्घटना, २८ घाइते

हिमालखबर

तनहूँको मालेबगरमा नेपाली सेनाको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहूँको शुक्ला गण्डकी नगरपालिका–९ स्थित मालेबगरमा १ माघमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन सैनिकसहित २८ जना घाइते भएका छन् । कक्षा १२ मा पढ्ने विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजान पोखराबाट काठमाडौं जाँदै गरेको बा १ ग २२४६ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेको गण्डकी अञ्चल अस्पताल पोखरामा उपचार भइरहेको छ । बस अनियन्त्रित भई सडकबाट ४० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>