समाचारबिहीबार, माघ १, २०७१

सहमति नभए प्रक्रियाबाट संविधानः नेम्बाङ

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरुले सहमति गर्न नसके प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लबले १ माघमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले संविधानसभाबाट नियमावलीको प्रक्रियाअनुसार अघि बढ्ने बताएका हुन् ।

उनले भने, “प्रक्रियामा जाँदा ८ माघमा संविधान आउन सक्दैन, तर केही समयपछि भने संविधान आउँछ ।”

दलहरुबीच सहमति भए ८ माघमै पनि संविधान जारी गर्न सकिने नेम्बाङको भनाइ छ । “छोटो समयमा मस्यौदा लेख्ने र प्रक्रियामा अघि बढ्ने भनेर दलहरुले सहमति गरे ८ माघमै पनि संविधान आउन संभव छ,” उनले भने ।

उनले दलहरुले प्याकेजमै सहमति गर्ने भनेर अल्झाएर राखेको दावी गरे । उनले भने, “दलहरुले न्यायप्रणालीमा सहमति गरिसके पनि प्याकेजमै सहमतिको नाममा अल्झाएर राखेका छन् ।”

उनले आपसी संवादलाई अघि बढाउन पनि दलहरुसँग आग्रह गरे । दलहरुले संवाद अघि नबढाए झन् अप्ठ्यारो बढ्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>