समाचारबिहीबार, माघ १, २०७१

दाहालकाे माेर्चामा फुटेकाे माअाेवादी पनि

हिमालखबर

संविधानसभाभित्र र बाहिरका ३० दलीय माेर्चा बनाएर अान्दाेलन गरिरहेकाे एमाअाेवादीले अाफैंसँग फुटेर बनेकाे नेकपा–माअाेवादी र जनजातिसँग पनि माेर्चाबन्दी गरेकाे छ ।

८ माघ नजिकिदै गएपछि सहमतिमा पहिचानसहितकाे संघीयताका लागि दुई तिहाई मतसहितकाे कांग्रेस र एमालेलाई दबाव दिन भन्दै वैद्य माअाेवादी र पद्मरत्न तुलाधरकाे जनजाति समितिसँग नयाँ माेर्चा बनाएका हुन् । वैद्य माअाेवादीबाट पनि नेत्रविक्रम चन्दले भर्खरै नयाँ पार्टी बनाइसकेकाे छ ।

अादिवासी जनजाति महासंघकाे नेतृत्व कांग्रेस–एमालेकै कार्यकर्ता गरिरहेकाले एमाअाेवादीले तुलाधरलाई संयाेजक बनाएर जनजातिलाई अान्दाेलनमा उतारिरहेकाे छ । याे नयाँ माेर्चा बनाउन दाहाल १ माघ दिनभर लागिपरेका थिए । एमाअाेवादी यसअघि दाेस्राे संविधानसभा निर्वाचनमा नमिठाे हार ब्यहाेराेकाे मधेश केन्द्रित दलहरु र अन्य साना पार्टीहरुसँग माेर्चाबन्दी गरी अान्दाेलन गर्दै अाएकाे छ ।

एमाअाेवादीसहितकाे ३० दलीय मोर्चा, नेकपा–माओवादी र आदिवासी जनजातिको संयुक्त आन्दोलन समन्वय समितिकाे १ माघमा बैठक बनाएर अान्दाेलनलाई निरन्तरता दिएकाे छ । उनीहरुकाे संविधान जारी गर्न पुनः सत्तारुढ दलहरुलाई ध्यानाकर्षण गराएको छ ।

तीनवटै पक्षको संयुक्त बैठकले विगतमा दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएको सम्झौताका आधारमा सबैले मान्ने संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ ।

संविधान निर्माण प्रक्रियालाई सहजरुपमा अगाडि बढाउनुको साटो बहुमतको आधारमा कांग्रेस र एमाले अगाडि बढ्न खोजेको भन्दै उनीहरुले प्रक्रियाको कुरा नगर्नसमेत पुनः आग्रह गरेका छन् ।

संविधान निर्माण प्रक्रिया नियमित संसद्को काम कारबाही नभएकाले सबैको भावना र चाहनालाई आत्मसात् गर्नुपर्ने, विगतका सहमति तथा सम्झौताको अक्षरसः कार्यान्वयन हुनुपर्नेमा पनि तीन पक्षले सचेत गराएका छन् ।

बैठकले जनपरिचालनलगायतका काम कारबाहीलाई अगाडि बढाउन एक कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता जीतेन्द्र देव, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ र प्रवक्ता पम्फा भुसाल, सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का सभासद् रुक्मिणी चौधरी तथा थरुहट तराई पार्टीका सभासद् गङ्गा चौधरी सदस्य हुनुहुन्छ । कार्यदलमा अन्य सदस्य २ माघमा बस्ने बैठकले थप गर्नेछ ।

बैठकले सहमतिका आधारमा पहिचानसहितको संविधान निर्माणका लागि जनपरिचालन गर्ने निर्णय गरेको पनि जानकारी दिइयो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको प्रक्रिया सङ्कटमा परेकाले सबै परिवर्तनकारी शक्ति एक ठाउँमा गोलबन्द भएको बताए ।

याे पनि, ८ माघ टार्ने एमाअाेवादीकाे तयारी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>